News Griha :: न्यूजगृह
उपेन्द्रले भने– मधेस आन्दोलनलाई धरापमा पार्न पार्टी फुटाइयो, अदालत जान्छौँ 

काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसका मुद्दाहरुलाई धरापमा पार्न पार्टी फुटाइएको आरोप लगाएका छन्।

अशोक राईको नेतृत्वमा नयाँ पार्टी गठन भएपछि बुधबार पत्रकार सम्मेलन गर्दै उपप्रधान एवं स्वास्थ्यमन्त्री समेत रहेका यादवले राजनीतिक दलसम्बन्धी ऐन विचाराधीन रहेको अवस्थामा पार्टी दर्ता गर्नु असंवैधानिक रहेको समेत बताए।   

Prabhu Bank

त्यस्तै निर्वाचन आयोगमा दर्ता भएको जसपा निर्वाचन ऐन विपरित भएको दाबी गर्दै त्यसको विरुद्ध कानुनी उपचार खोज्ने समेत बताए। 

पार्टीका गतिविधि राम्रोसँग चलिरहेको अवस्थामा नेताहरुको व्यक्तिगत महत्वकांक्षाका कारणले पार्टीमा क्षति भएको बताए। 

त्यस्तै आफू संयुक्त राष्ट्र संघले आयोजना गरेको कार्यक्रममा सरकारका तर्फबाट प्रतिनिधि भएर विदेश गएको मौका छोपेर पार्टी फुटाइएको बताए। आफू नभएका बेला आफ्नो दल जसपा नेपाल र एकीकृत समाजवादी कांग्रेससँग मिलेर सरकार बनाउने हल्ला चलाएको र त्यही हल्लाका कारण पार्टीमा क्षति हुन पुगेको उनको धारणा रहेको छ। तर जसपा र एकीकृत समाजवादी मिलेर अर्को गठबन्धन बनाउन सहयोग गर्ने भन्ने विषय कपोकल्पित रहेको दाबी गरे। 

‘म जनसंख्या र विकास नामक कार्यक्रममा भाग लिन संयुक्त राष्ट्र संघको कार्यक्रममा गएका बेलामा एउटा हल्ला चलाइयो। जसपा र एकीकृत समाजवादी कांग्रेससँग मिलेर यो सरकार ढाल्ने भन्ने हल्ला चलाइयो। त्यो हल्ला अत्यन्तै निराधार र कपोकल्पित थियो,’ उनले भने। 

त्यस्तै आफूहरु वर्तमान गठबन्धनप्रति प्रतिवद्ध रहेको समेत बताए। साथै सरकारलाई दिएको समर्थन फिर्ता नलिने र सरकारको साथमा सधैँ उभिने बताए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १२:५५
Weather Update