News Griha :: न्यूजगृह
सुहाङ नेम्वाङले सांसद पदको शपथ ग्रहण गर्दै 
फाइल तस्बिर।

काठमाडौं— इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले बुधबार शपथ ग्रहण गर्दै छन्।

सभामुख देवराज घिमिरेले बिहान ११ बजे नेम्वाङलाई शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाइदिने छन्।

Prabhu Bank

शपथ ग्रहणको कार्यक्रम कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहल सिंहदरबारमा राखिएको संसद् सचिवालयले जनाएको छ। 

वैशाख १५ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार नेम्वाङ नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।

२०७९ सालको चुनावमा इलाम २ बाट सुहाङका बुवा सुवास विजयी भएका थिए। तर उनको गत वर्ष भदौमा निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन भएको थियो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ०६:२७
Weather Update