News Griha :: न्यूजगृह
जसपा नेपालले पार्टी विभाजनविरुद्ध कानुनी उपचार खोज्ने, बुधबार पत्रकार सम्मेलन गर्ने

काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पार्टी विभाजनको विषयमा कानुनी उपचार खोज्ने निष्कर्षमा पुगेका छन्।

मंगलबार पार्टी कार्यालयमा शीर्ष नेताहरूसँग गरेको अनौपचारिक छलफलबाट कानुनी उपचार खोज्ने निर्णय भएको पार्टीका प्रवक्ता मनिष समुनले जानकारी दिएका छन्।

Prabhu Bank

दल विभाजन सम्बन्धी कानुन नै नभएको अवस्थामा निर्वाचन आयोगले पार्टीको मान्यता दिएको निष्कर्ष निकाल्दै जसपा नेपाल अदालत जाने निष्कर्षमा पुगेको उनले बताए।

जसपा नेपालले बुधबार कानुनी राय लिएर अदालत जाने छ। 

यसैबीच पार्टी विभाजन, जसपा नेपालको आधिकारिक धारणाबारे जानकारी गराउन बुधबार पत्रकार सम्मेलन समेत आयोजना गरिएको छ। पत्रकार सम्मेलन बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा हुनेछ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अशोक राईको नेतृत्वमा ७ जना सांसदले नयाँ दल गठन गर्दै जनता समाजवादी पार्टी (जसपा) बनाएका छन्।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १९:४५
Weather Update