News Griha :: न्यूजगृह
कोशी प्रदेशः बैठक बोलाउन अटेर गरेपछि प्रदेश प्रमुखलाई मुख्यमन्त्रीको अर्को पत्र 

काठमाडौं— कोशी प्रदेश सरकारले प्रदेश अधिवेशन बोलाउन माग गर्दै प्रदेश प्रमुखलाई अर्को पत्र पठाएको छ। 

बुधबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले आगामी जेठ ११ गते कोशी प्रदेशको अधिवेशन बोलाउन आग्रह गर्दै अर्को पत्र पठाएको हो। 

Prabhu Bank

यसअघि २०८० साल बैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको अधिवेशन बोलाउन माग गर्दै प्रदेश प्रमुख परशुराम खापुङ्गलाई पत्र पठाएको थियो। तर हालसम्म पनि प्रदेश प्रमुखले बैठक आह्वान नगरेपछि आज पुनः पहिलेकै पत्रको आधारमा बैठक बोलाउन माग गर्दै मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुखलाई पत्र पठाएका हुन्। 

‘नेपालको संविधानको धारा १६३ को उपधारा (१) बमोजिम मिति २०८१/०२/११ गते शुक्रबारका दिन दिनको ११ः०० बजे प्रदेश सभाको पाँचौँ अधिवेशन आह्वान गर्न कोशी प्रदेश सरकार (मन्त्रिपरिषद्) ले मिति २०८०/१२/२६ गते निर्णय गरी तहाँ माननीयज्यू समक्ष पेश गरेको व्यहोरा अवगत नै छ। तर हालसम्म प्रदेश सभाको बैठक नबोलाइएको हुँदा नेपालको संविधानको धारा १६६ को उपधारा (२) अनुरुप यस अघिको पत्र अनुसार नै पूर्व बजेट छलफल लगायत महत्वपूर्ण विषयमा छलफल गर्ने प्रयोजनका लागि मिति २०८१/०२/११ गते दिनको ११ः०० बजे कोशी प्रदेश सभाको बैठक आह्वानका लागि कोशी प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०८१ बैशाख २६ गतेको निर्णयानुसार पुनः अनुरोध छ,’ पत्रमा भनिएको छ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १४:०६
Weather Update