News Griha :: न्यूजगृह
कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक 
फाइल तस्बिर

काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्व पदाधिकारीहरुसँग छलफल गर्ने भएका छन्। 

सभापति देउवाले बुधबार दिउँसो २ बजेका लागि बैठक बोलाएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले न्यूजगृहलाई जानकारी दिए। 

Prabhu Bank

आगामी बजेट अधिवेशन र समसामयिक राजनीतिकका विषयमा छलफलका लागि बैठक बोलाइएको पौडेलले बताए। 
बैठक देउवा निवास बुढानिलकण्ठमा बस्नेछ। 

यसअघिको संसद्को हिँउदे अधिवेशनका बैठकहरुमा नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा मुछिएको आरोप लगाउँदै त्यसको छानबिनका लागि संसदीय छानबिन समिति बनाउन माग गर्दै आइरहेको थियो।

आगामी वैशाख २८ गतेबाट सुरु हुने बजेट अधिवेशनमा पनि कांग्रेसको अवरोध कायम रहने भएपछि मंगलबार सभामुख देवराज घिमिरेले राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गरेका थिए। तर कांग्रेसले सो बैठकमा पनि आफ्नो अडान कायमै राख्दै संसदीय छानबिन समिति बनाउन माग अघि सारेको थियो।

सरकारले संसदीय छानबिन समिति नबनाएसम्म चुप नबस्ने कांग्रेसको तयारी छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १०:४२
Weather Update