News Griha :: न्यूजगृह
कोशी प्रदेश सरकार गठन प्रक्रियाविरुद्ध सर्वोच्चमा रिट दर्ता, भोलि पेसी 

काठमाडौं— कोशी प्रदेश सरकार गठन प्रक्रियाविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। 

निर्वतमान मुख्यमन्त्री केदार कार्कीले बिहीबार सर्वोच्च पुगेर रिट दर्ता गरेका हुन्। 

Prabhu Bank

बुधबार कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। आफू मुख्यमन्त्री रहेका बेला नयाँ सरकार गठनका लागि आह्वान गरिएको भन्दै कार्की बिहीबार सर्वोच्च पुगेका थिए। 

केहीबेरअघि कोशी प्रदेश सरकार गठनप्रक्रियाविरुद्ध रिट दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता देवप्रसाद उप्रेतीले न्यूजगृहलार्ई जानकारी दिए। उक्त रिटको पेसी शुक्रबार (भोलि) का लागि तोकिएको उनले बताए। 

‘कोशी प्रदेशको सरकार गठनप्रक्रिया सम्बन्धी रिट दर्ता भएको छ। भोलिका लागि पेशी तोकिएको छ,’ उनले न्यूजगृहसँग भने। 

निवर्तमान मुख्यमन्त्री कार्कीले कोशीमा नयाँ सरकार गठन गर्ने प्रदेश प्रमुखको आह्वान खारेज गरी आफू नेतृत्वको सरकारकै निरन्तरमा माग गरेका छन्। 

यता प्रदेश प्रमुखको आह्वान अनुसार नेकपा एमालेका हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन्। कार्कीले ५२ प्रदेश सभा सदस्यहरुको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। बिहीबार नै मुख्यमन्त्री नियुक्त भएका कार्कीको शपथ आजै गर्ने तयारी रहेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १५:४३
Weather Update