News Griha :: न्यूजगृह
कोशीमा नयाँ सरकार गठनको आह्वानविरुद्ध रिट बोकेर सर्वोच्चमा मुख्यमन्त्री कार्की 

काठमाडौं— कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि गरिएको आह्वानविरुद्ध रिट निवेदन बोकेर मुख्यमन्त्री केदार कार्की सर्वोच्च अदालत पुगेका छन्। 

बुधबार प्रदेश प्रमुख परशुराम खापुङ्गले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।

Prabhu Bank

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम गरिएको नयाँ सरकार गठनको आह्वान अनुसार एमालेका हिक्मतकुमार कार्कीले दाबी पेस समेत गरिसकेका छन्। 

यता मुख्यमन्त्री कार्कीले आफू बहाल रहँदारहँदै अर्को सरकार गठन गर्न लागिएको भन्दै त्यसको विरुद्ध रिट दायर गर्न लागेका हुन्।

उनले कोशी प्रदेशका प्रदेश प्रमुखले गरेको नयाँ सरकार गठनको आह्वान खारेजीको माग गर्दै रिट दायर गर्न लागेका हुन्।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १२:०९
Weather Update