News Griha :: न्यूजगृह
कांग्रेस संसदीय दलको बैठक स्थगित 

काठमाडौं— नेपाली कांग्रेसले बिहीबार (आज) का लागि बोलाएको संसदीय दलको बैठक स्थगित भएको छ। 

पूर्वमन्त्री, नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं  संविधान सभा सदस्य सूर्यमान गुरुङको निधनका कारण आजका लागि बोलाइएको बैठक स्थगित भएको हो।

Prabhu Bank

शुक्रबारबाट सुरु हुने संसद्को बजेट अधिवेशनका विषयमा छलफल गर्न कांग्रेसले आजका लागि बैठक बोलाएको थियो।   

दिउँसो २ बजेका लागि बोलाइएको बैठक स्थगित भएपछि  अर्को बैठक शुक्रबार बिहान ८ः३० बजे तय गरिएको छ।

त्यस्तै गुरुङको निधनप्रति शोक प्रस्ताव पारित गर्न केन्द्रीय कार्यसमितिको बैठक बसेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  ११:१६
Weather Update