News Griha :: न्यूजगृह
बझाङ प्रदेश सभा १ बाट निर्वाचित भण्डारीले लिए शपथ 

काठमाडौं— सुदूरपश्चिम प्रदेश सभाका नवनिर्वाचित सदस्य दमनबहादुर भण्डारीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।

बिहीबार प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारी समक्ष उनले शपथग्रहण गरेका हुन्। 

Prabhu Bank

भण्डारी गत बैशाख १५ गते बझाङ प्रदेश सभा (१) भएको उपनिर्वाचनबाट निर्वाचित भएका थिए।  

उनी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै निर्वाचित भएका हुन्। 
 
भण्डारीले ११ हजार ६ सय १२ मत प्राप्त गर्दा सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गरेका थिए। 

सुदूरपश्चिम प्रदेशका तत्कालिन आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी निधन भएसँगै सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १३:४५
Weather Update