News Griha :: न्यूजगृह
पार्टी विभाजनपछि जसपा नेपालले बोलायो केन्द्रीय समिति बैठक 

काठमाडौं— उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ।

आगामी वैशाख ३१ र जेठ १ गते बस्नेगरी पार्टीको केन्द्रीय समितिको बैठक आह्वान गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। 

उनका अनुसार बुधबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकले उक्त निर्णय गरेको हो। 

बैठकमा पार्टीको आगामी जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा गर्ने भनिएको महाधिवेशनको तयारीलाई तीव्रता दिने र तोकिएको मितिमै महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको बस्नेतले बताए। 

आइतबार अशोक राईले ७ जना सांसद र बहुमत केन्द्रीय सदस्यसहित नयाँ पार्टी दर्ता गराएका छन्। त्यसलगत्तै जसपा नेपालले केन्द्रीय कमिटी बैठक बोलाएको हो।  

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १२:५५
Weather Update