News Griha :: न्यूजगृह
कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ

विराटनगर— कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बिहीबार मुख्यमन्त्री कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङ्गले शपथ गराएका हुन्। 

यसअघि बिहीबार नै प्रदेश प्रमुख खापुङ्गले एमाले प्रदेश संसदीय दलका नेता कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। 

मुख्यमन्त्री कार्कीले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन्। 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १८:२६
Weather Update