News Griha :: न्यूजगृह
कोशीः मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले ११ बजे दाबी पेस गर्ने  

काठमाडौं— कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका हिक्मतकुमार कार्कीले केहीबेरमा दाबी पेस गर्दैछन्। 

बुधबार कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। 

सोही अनुसार कार्कीले माओवादीसहित गठबन्धन दलको समर्थनमा दाबी पेस गर्न लागेका हुन्। 

Prabhu Bank

कार्कीका एक सचिवालय सदस्यले न्यूजगृहलाई दिएको जानकारी अनुसार कार्कीले बिहीबार बिहान ११ बजे प्रदेश प्रमुख खापुङ्ग समक्ष दाबी पेस गर्न लागेका हुन्। 

‘सबै तयारी पूरा भएको छ। अहिले ११ बजे दाबी पेस गर्न जाने तयारी रहेको छ,’ ती सचिवालय सदस्यले भने।  

हालका मुख्यमन्त्री रहेका कांग्रेसका केदार कार्की अल्पमतमा परेपछि नयाँ सरकार गठनका लागि आह्वान गरिएको हो। 

मुख्यमन्त्री खोसिएपछि हालका मुख्यमन्त्री कार्की भने सर्वोच्च अदालत जाने भएका छन्। उनले बिहीबार नै सर्वोच्चमा रिट दायर गर्ने तयारी गरेका छन्।

प्रदेश प्रमुख खापुङ्गले भने मुख्यमन्त्री कार्कीलाई समर्थन दिएका ५२ सांसदले समर्थन फिर्ता लिएको र प्रदेश सभाबाट समेत विश्वासको मत लिनेसम्बन्धी संकल्प प्रस्ताव पारित भएको अवस्थामा मुख्यमन्त्री कार्कीले त्यसबारे कुनै प्रस्ताव नगरेपछि बहुमत सांसदको मागबमोजिम नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएको खुलाएका छन्।

प्रमुख पर्शुराम खापुङ्गले संविधानको धारा १६८ को उपधारा (५) अनुसार बुधबार राति वैकल्पिक सरकार गठनको आह्वान गरेका हुन्। उनले मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि वैशाख २८ गते शुक्रबार अपराह्न ५ बजेसम्मको समय दिएकोमा गठनबन्धनको समर्थनमा एमालेका कार्कीले दाबी पेस गर्न लागेका हुन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १०:४७
Weather Update