News Griha :: न्यूजगृह
कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त  

काठमाडौं— कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका हिक्मतकुमार कार्की नियुक्त भएका छन्। 

प्रदेश प्रमुख परशुराम खापुङ्गले कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। 

Prabhu Bank

एमाले कोशी प्रदेश संंसदीय दलका नेता कार्कीले बिहीबार (आज) एमाले र माओवादीका गरी ५२ प्रदेश सभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। 

प्रदेश प्रमुख खापुङ्गले ५२ प्रदेश सभाको सनाखत गरेसँगै उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। 

९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। कार्कीले ५२ प्रदेश सभा सदस्यको समर्थनसहित दाबी पेस गरेका थिए। 

बुधबार प्रदेश प्रमुख खापुङ्गले मुख्यमन्त्री रहेका केदार कार्की अल्पमतमा परेको भन्दै नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। शुक्रबार अपरान्ह ५ बजेसम्म दाबी पेस गर्न समय तोकिएकोमा कार्कीले आजै दाबी पेस गरेको हुन्। 

यता निवर्तमान मुख्यमन्त्री कार्की भने आफू बहाल हुँदाहुँदै सरकार गठनको आह्वान गरिएको भन्दै त्यसको विरुद्ध रिट निवेदन लिएर सर्वोच्च पुगेका छन्। 

नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीको शपथ आजै हुने बताइएको छ। उनी यसअघि २ पटक मुख्यमन्त्री बनिसकेका छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १४:०८
Weather Update