News Griha :: न्यूजगृह
यी हुन् कोशीमा कार्कीलाई समर्थन गर्ने ५२ प्रदेश सभा सदस्य [नामावलीसहित]

काठमाडौं— कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका हिक्मतकुमार कार्कीले दाबी पेस गरेका छन्। 

नेकपा एमालेका ३९ र माओवादी केन्द्रका १२ गरी ५२ प्रदेश सभा सदस्यको समर्थनसहित कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। 

Prabhu Bank

बुधबार कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। हालका मुख्यमन्त्री केदार कार्की अल्पमतमा रहेको भन्दै संविधानको धारा १६८ को उपधारा ५ बमोजिम प्रदेश प्रमुख खापुङ्गले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।

यता मुख्यमन्त्री कार्कीले भने आफू बहाल रहँदारहँदै अर्को सरकार गठन गर्न लागिएको भन्दै त्यसको विरुद्ध सर्वोच्चमा रिट दायर गर्ने तयारी गरेका छन्। उनी अहिले रिट निवेदन बोकेर सर्वोच्च पुगेका छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १२:२३
Weather Update