News Griha :: न्यूजगृह
पशुपति क्षेत्रमा समेत राजनीति हुनु दुर्भाग्यपूर्णः मन्त्री तामाङ

काठमाडौं— संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पशुपति जस्तो धार्मिक क्षेत्रमा पनि राजनीति हुनु दुःखद रहेको बताएका छन्। 

शुक्रबार काठामाडौंमा आयोजित पशुपति क्षेत्र विकास कोषको ३८औँ वाषिकोत्सव समारोहमा बोल्दै उनले अहिलेसम्म देशलाई अगाडि बढ्न नदिने र प्रगतीको बाधकको रुपमा गैर राजनीतिक क्षेत्रमा राजनीति हाबी भएको बताए। 

Prabhu Bank

उनले भने, ‘हामीलाई अहिलेसम्म बिगार्ने भनेको अगाडि बढ्न नदिने रोग हो। हाम्रो प्रगतीको बाधकको रुपमा देखिएको कुरा भनेको गैर राजनीतिक ठाउँमा गएर राजनीति गर्ने रोग हो। यो पशुपति क्षेत्र त गैरराजनीतिक ठाउँ हो। धार्मिक क्षेत्र हो। सोही ठाउँमा राजनीति गर्न थाल्यो भने हाम्रो मुलुक नबिग्रिए कुन देश बिग्रन्छ तरु त्यसैले म त्यसमा सजक छु।’

उनले पूर्वीय दर्शनको महत्वपूर्ण पशुपति क्षेत्रले नेपाललाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान दिएको बताए। त्यस्तै पशुपति क्षेत्रको व्यवस्थित प्रवद्र्धन गर्न सकेमा यस क्षेत्रले देशलाई धार्मिक पर्यटकको आकर्षणको केन्द्र बनाउन सक्ने विशवास व्यक्त गरे। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १६:०३
Weather Update