News Griha :: न्यूजगृह
प्रतिनिधि सभा बैठक स्थगित, अर्को बैठक जेठ १ गते बस्ने

काठमाडौं— प्रतिनिधि सभा बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले संसद्को बैठक स्थगित गरेका हुन्।

आजको दोस्रो बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरुले नाराबाजी गर्दै वेल घेराउ गरेका थिए।

यसैबीच सभामुखले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि कांग्रेसका सांसदहरुले उनलाई रोष्टममा जानबाट रोकेका थिए ।

nara_baji_congress-1715344315.jpg
 

कांग्रेसका सांसदहरूको लगातारको नारावाजीपछि सभामुखले प्रतिनिधिसभाको बैठक जेठ १ गते साँझ ६ बजेसम्मका लागि स्थगित गरेका हुन्।

जेठ १ गते राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तालिका रहेको छ।
  

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १८:०६
Weather Update