News Griha :: न्यूजगृह
संसद्मा अवरोध खडा गर्दै कांग्रेसले भन्यो– प्रतिपक्षीको प्रश्नको घाँटी निमोठियो 

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समितिको मागलाई अघि सार्दै शुक्रबार पनि संसद् बैठकमा अवरोध कायमै राखेको छ। 

आजबाट संसद्को बजेट अधिवेशन सुरु भएको छ। तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने यसअघिको मागलाई निरन्तरता दिएको हो। 

बैठकको नियमित कामकारबाहीलाई अघि बढ्न नदिएपछि सभामुख देवराज घिमिरेले कांग्रेस महामन्त्री एवं सांसद गगनकुमार थापालाई बोल्न समय दिएका थिए। 

Prabhu Bank

सो समयमा बोल्दै सांसद थापाले भने, ‘अब संसदीय छानबिन समिति नबनेसम्म सदनको काम कारबाही अघि बढ्दैन।’ 

त्यस्तै सत्ता पक्षले बहुमतको आधारमा सदनमा प्रतिपक्षीको प्रश्नको घाँटी निमोठेको आरोप लगाए।  

‘सदनमा प्रतिपक्षीहरुले उठाएको प्रश्नहरुको घाँटी निमोठ्न खोजियो,’ उनले भने।   

त्यस्तै यसअघि गृहमन्त्री लामिछानेले चार वर्ष सदन नचले पनि हुन्छ भनेको कुराको स्मरण गराउँदै सत्ता पक्ष सदनको कामकारबाहीप्रति जवाफदेही नरहेको समेत बताए।

त्यस्तै सदनमा अवरोध भइरहेको अवरोधको जिम्मा सरकारको रहेको बताए।  

‘आज सदनमा जुन दृष्य देखिन थालेको छ त्यसको कारण हामी होइन, कारक पनि हामी होइन,’ उनले भने। 

कांग्रेसको अवरोधले बैठक स्थगित भएको छ। कांग्रेसले निरन्तर नाराबाजी गरेपछि सभामुख घिमिरेले १५ मिनटका लागि बैठक स्थगित गरेका हुन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १६:३२
Weather Update