News Griha :: न्यूजगृह
कांग्रेसको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित 
फाइल तस्बिर

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ। 

यसअघि जस्तै कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै त्यसको लागि छानबिन गर्न समिति बनाउनुपर्ने मागलाई कायमै राखेको हो। 

Prabhu Bank

नियमित कार्यसूची अनुसार अघि बढ्न खोज्दा आजको बैठकमा कांग्रेसले अवरोध गरेको थियो।

सभामुखले बजेट अधिवेशनको सुरुकै दिन अवरोध नगर्न आग्रह गरेका थिए। तर कांग्रेसले छानबिन समिति नभइ सदन अघि बढ्न नसक्ने भन्दै निरन्तर नाराबाजी गरेपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको हो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १६:४०
Weather Update