News Griha :: न्यूजगृह
ढिला गरी सुरु भयो संसद् बैठक, कांग्रेसको अवरोध कायमै 

काठमाडौं— निर्धारित समयमा २ घण्टा ढिला संसद्को बजेट अधिवेशन सुरु भएको छ। 

शुक्रबार दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको थियो। तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो अडानलाई कायमै राख्दा बैठक अन्योल बनेको थियो। 

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति बनाउन माग गरिरहेको छ। 
आजको बैठकमा समेत कांग्रेसले यसअघि जस्तै सोही मागलाई अघि राखेर अवरोध गर्ने भएपछी सभामुखले कांग्रेससहित सबै दलका सचेतक र प्रमुख सचेतकसँग छलफल गरेका थिए। 

तर बैठक सुरु भइ नियमित कार्यसूचीमा प्रवेश गर्न जान लाग्दा नेपाली कांग्रेसले अवरोध कायम राखेको छ। सभामुखले बैठकलाई निरन्तर गर्न आग्रह गरे पनि कांग्रेसले उठेर अवरोध जनाइरहेको छ। 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १६:१२
Weather Update