News Griha :: न्यूजगृह

काठमाडौं— प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले अवरोधका कारण संघीय संसद्का दुवै सदनको बैठक प्रभावित भएको छ।  

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानको विषयमा छानबिन गर्न समिति माग गर्दै कांग्रेसले विरोध जनाउँदै आइरहेको छ। जसको कारण आज बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक प्रभावित भएको हो। 

Prabhu Bank

आज बसेको राष्ट्रिय सभामा कार्यसूचीमा प्रवेश नगरी स्थगन गरिएको छ।

सभाको पहिलो बैठकमा बर्खे अधिवेशन आरम्भ भएका अवसरमा दलीय आधारमा सांसदहरूले बोल्नेक्रम सकिएपछि प्रतिपक्षीले विरोध गर्ने चेतावनी दिएपछि अध्यक्ष नारायण दाहालले १५ मिटेनका लागि बैठक स्थगन गरेका थिए। 

दोस्रो बैठक आरम्भ हुनासाथ  कांग्रेसका सांसदहरु आफ्नो स्थानबाट उठेपछि अध्यक्ष दाहालले सो दलका सांसद कृष्णबहादुर रोकायलाई बोल्न समय दिए। सांसद रोकायले विपक्षीले उठाउँदै आएको सहकारी अनियमितताका विषयमा संसदीय छानबिन समिति गठन नगरेसम्म सदनका कार्यसूची अघि बढ्न नसक्ने स्पष्ट गरे।  

विपक्षी सांसदको अवरोध कायमै रहेपछि अध्यक्ष दाहालले आगामी जेठ १ गते मंगलबार अपरान्ह ५ः३० बजेसम्मका लागि बैठक स्थगन गरेका हुन्। 

यता प्रतिनिधि सभाको बैठकमा पनि नेपाली कांग्रेसले अवरोध गरेपछि अझैसम्म बैठक बस्न सकेको छैन। अपरान्ह साढे ४ बजे १५ मिनेटका लागि भनेर स्थगित गरिएको बैठक अझैसम्म बस्न नसकेको हो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १७:४८
Weather Update