News Griha :: न्यूजगृह
राष्ट्रपति भेट्न शीतल निवासमा प्रधानमन्त्री प्रचण्ड 

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरेका छन्।  

आइतबार दिउँसो राष्ट्रपति पौडेल भेट्न प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति भवन शीतल निवासमा पुगेका हुन्।

भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

सरकारले आगामी जेठ १ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ। आजको भेटमा सो विषयमा समेत छलफल भएको बताइएको छ।

साथै सहकारी ठगी प्रकरणका विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा अवरोध खडा गरिरहेको विषयमा समेत राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच कुराकानी भएको थियो। 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १५:०९
Weather Update