News Griha :: न्यूजगृह
प्रचण्डसँगको छलफलपछि गगनले भेटे शेखरलाई  

काठमाडौं— नेपाली कांग्रेसका नेता डा शेखर कोइराला र महामन्त्री गगन थापाबीच भेट भएको छ। 

आइतबार भएको भेटमा राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक राजनीतिका विषयमा गम्भीर छलफल भएको कोइरालाका स्वकीय सचिव  दिनेशचन्द्र थपलियाले जानकारी दिए। 

महामन्त्री थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेपछि नेता कोइरालासँग भेटेका हुन्।

महामन्त्री थापाको सचिवालयले भने नियमित संवाद भएको जनायो। प्रधानमन्त्री निवासबाट फर्किने क्रममा टङ्गालस्थित शेखरको सम्पर्क कार्यालयमा भेटघाट र सामान्य कुराकानी भएको थापाको सचिवालयले जनाएको छ। 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १२:३५
Weather Update