News Griha :: न्यूजगृह
कानुनमन्त्रीसहित प्रमुख सचेतक र सचेतकहरुसँगको छलफलमा सभामुख 
तस्बिरः सभामुखको सचिवालय

काठमाडौं— सभामुख देवराज घिमिरेले कानुनमन्त्रीसहित राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका छन्।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुखले नीति तथा कार्यक्रम, संसद्को गतिरोध अन्त्य लगायतका विषयमा छलफल थालेका हुन्। 

जारी छलफलमा कानुनमन्त्री पदम गिरी, उपसभामुख इन्दिरा रानासहित राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरु रहेका छन्। 

आगामी जेठ १ गते सरकारले नीति तथा कार्यक्रम ल्याउँदैछ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समितिको माग गरिरहेको छ।

यसअघि शुक्रबारबाट सुरु भएको संसद्को बजेट अधिवेशनमा कांग्रेसले अवरोध खडा गरेपछि आगमी नीति तथा कार्यक्रममा अवरोध नहोस् भन्नका लागि सभामुखले छलफल थालेका हुन्।  

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १५:००
Weather Update