News Griha :: न्यूजगृह
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक 
फाइल तस्बिर

काठमाडौं— सहकारी ठगी प्रकरणका विषयमा छानबिन समिति बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सकारात्मक देखिएका छन्। 

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफूहरुको माग बमोजिम संसदीय छानबिन समिति बनाउनुपर्ने मागमा प्रधानमन्त्री प्रचण्ड सकारात्मक भएको बताएका हुन्। 

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै नेपाली कांग्रेसले निरन्तर छानबिन समितिको मागलाई अघि सार्दै संसद् समेत अवरोध गर्दै आइरहेको थियो। 

शुक्रबारबाट संसद्को बजेट अधिवेशनमा सुरु भएकोमा कांग्रेसको अवरोधका कारण बैठक अवरुद्ध हुन पुगेपछि प्रधानमन्त्री प्रचण्डले संसद्को अवरोध हटाउने प्रयासस्वरुप आज कांग्रेससँग छलफल गरेका हुन्। 

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक लेखकले आफूहरुले पूर्ववर्ती रुपमै मागहरु राखेको र प्रधानमन्त्री सकारात्मक भएको प्रतिक्रिया दिए।  

‘हामीले सहकारी ठगी प्रकरणका विषयमा जे कुरा उठाउँदै आएका थियौँ, प्रधानमन्त्रीसँग संसदीय छानबिन समिति बनाउनुपर्ने कुरामा आफ्नो कुरा राख्यौँ,’ उनले भने, प्रधानमन्त्रीज्यूले सकारात्मक रुपमा लिनुभएको छ ।’
 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  ११:४६
Weather Update