News Griha :: न्यूजगृह
कार्यव्यवस्था तथा परामर्श समितिको बैठक सुरु 
कार्यव्यवस्था तथा परामर्श समितिको बैठक सुरु  कार्यव्यवस्था तथा परामर्श समितिको बैठक सुरु भएको छ। केहीबेरअघि सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा बैठक बसेको हो। आज संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस हुँदैछ। सोही विषयमा छलफलका लागि सभामुखको अध्यक्षतामा बैठक बसेको हो। 
प्रमुख सचेतकहरुसँग सभामुखको छलफल सकियो, कसले के भने? 
प्रमुख सचेतकहरुसँग सभामुखको छलफल सकियो, कसले के भने?  संघीय संसद्को संयुक्त सदनको बैठकमा प्रस्तुत हुने नीति तथा कार्यक्रमका विषयमा सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरुसँग छलफल गरेका छन्।  सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको छलफलमा सभामुख घिमिरेले नीति तथा कार्यक्रमाथिको छलफलदेखि बजेटसम्ममा दलहरुले संसद्लाई सहयोग गर्न आग्रह गरेका छन्।   
आज यसरी चल्नेछ संघीय संसद्को संयुक्त सदन
आज यसरी चल्नेछ संघीय संसद्को संयुक्त सदन राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन्। संसद सचिवालयले प्रकाशित गरेको कार्यसूचीमा राष्ट्रपतिबाट अपराह्न ३ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने उल्लेख छ।
नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट पारित
नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट पारित सरकारले संसदमा पेस गर्ने नीति तथा कार्यक्रम मन्त्रिपरिषद्को बैठकले पारित भएको छ। आज मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रपतिले संददमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट पारित भएको बताएकी हुन्। 
सरकारी प्रकरणसँगै कांग्रेसले गिरीबन्धु टी–स्टेटको जग्गाबारे संसद्मा आवाज उठाउने 
सरकारी प्रकरणसँगै कांग्रेसले गिरीबन्धु टी–स्टेटको जग्गाबारे संसद्मा आवाज उठाउने  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा छानबिन समितिसहित अन्य विषयलाई समेत संसद्मा उठाउने भएको छ।यसअघि कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको विषयमा आवाज उठाउँदै संसद्मा अवरोध गर्दै आइरहेको थियो। 
नीति तथा कार्यक्रम पारित गर्न सिंहदरबारमा मन्त्रिपरिषद् बैठक 
नीति तथा कार्यक्रम पारित गर्न सिंहदरबारमा मन्त्रिपरिषद् बैठक  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ।  आज संसद्मा प्रस्तुत हुने नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद् बैठक बसेको हो।  
नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत हुन दिन कांग्रेस सकारात्मक 
नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत हुन दिन कांग्रेस सकारात्मक  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको छ।सिंहदरबारमा जारी संसदीय दलको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने विषयमा सहमति भएको हो। अपरान्ह ३ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम पारित गर्न दिए पनि त्यसपछिका छलफलमा भने अवरोध गर्ने कांग्रेसको तयारी...
सुरु भयो कांग्रेसको संसदीय दलको बैठक 
सुरु भयो कांग्रेसको संसदीय दलको बैठक  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बसेको छ। केहीबेरअघि सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बसेको हो। आज राष्ट्रपतिद्वारा संसद्मा प्रस्तुत हुने नीति तथा कार्यक्रममा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफलका लागि कांग्रेसले बैठक बोलाएको थियो। यसअघि सोमबारका लागि बोलाइएको बैठक आजका लागि सारिएको हो।
जसपा नेपालको केन्द्रीय समिति बैठक आज पनि बस्दै
जसपा नेपालको केन्द्रीय समिति बैठक आज पनि बस्दै आज बिहान ११ बजेदेखि बस्ने बैठकमा पार्टीको आगामी जेठ २८ गतेदेखि हुने महाधिवेशनको एजेण्डामाथि छलफल हुने छ। 
एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक आजदेखि
एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक आजदेखि जेठ २ गतेसम्म चल्ने यो बैठकमा पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण, देशभर पार्टी सङ्गठनको अवस्था, जनवर्गीय सङ्गठनका कार्य प्रगति, पार्टीको आन्तरिक विवाद, समसामयिक परिस्थितिबारे छलफल गरिने बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरुको जिम्मेवारी तोकिनेछ। 
कांग्रेस नेताहरूसँग प्रधानमन्त्रीको छलफल: नीति तथा कार्यक्रम प्रस्तुत हुने बैठक अवरोध नगर्न आग्रह
कांग्रेस नेताहरूसँग प्रधानमन्त्रीको छलफल: नीति तथा कार्यक्रम प्रस्तुत हुने बैठक अवरोध नगर्न आग्रह प्रधानमन्त्री दाहालसँग छलफलका लागि कांग्रेसका महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक मंगलबार बिहानै बालुवाटार पुगेका थिए। भेटमा प्रधानमन्त्री दाहालले आफूले सहकारी प्रकरणमा देखिएको समस्या समाधानका लागि प्रयास गरेको भन्दै राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने बैठकमा अवरोध नगर्न आग्रह गरेका कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए।  
दलका प्रमुख सचेतकहरुसँग परामर्श गर्दै सभामुख
दलका प्रमुख सचेतकहरुसँग परामर्श गर्दै सभामुख संघीय संसद्का दुवै सदनको संयुक्त बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूको बैठक बोलाएका छन्।सभामुख घिमिरेले दिउँसो साढे १२ बजे प्रमुख सचेतकहरूसँग परामर्श गर्न लागेका हुन्। दिउँसो ३ बजे संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ।
Weather Update