News Griha :: न्यूजगृह
सरकारी प्रकरणसँगै कांग्रेसले गिरीबन्धु टी–स्टेटको जग्गाबारे संसद्मा आवाज उठाउने 

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा छानबिन समितिसहित अन्य विषयलाई समेत संसद्मा उठाउने भएको छ।

यसअघि कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको विषयमा आवाज उठाउँदै संसद्मा अवरोध गर्दै आइरहेको थियो। 

आज बसेको कांग्रेस संसदीय दलको बैठकले भने झापास्थित गिरीबन्धु टी स्टेटको जग्गाबारे तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको निर्णयबारे संसद्मा आवाज उठाउने भएको हो। गिरीबन्धु टी स्टेटको ३४३ बिघा जग्गा साटफेर गर्न दिने ओली सरकारको निर्णय सर्वोच्चले खारेज गर्दै उक्त जग्गा सरकारीकरण हुने फैसला गरेको थियो। 

आज बसेको बैठकमा महामन्त्री गगनकुमार थापाले सो विषयमा ‘ब्रिफिङ’ गरेका थिए। बैठकपछि बोल्दै उनले अब संसद्मा सो विषय समेत उठाइने बताए। 

आज संसद्मा नीति तथा कार्यक्रम पेस हुँदैछ। आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम रहेको छ।

यसअघि सहकारी ठगी प्रकरणबारे छानबिन गर्न संसदीय समिति माग गरेर संसद्मा अवरोध गरिरहेको कांग्रेसले आज भने नीति तथा कार्यक्रम प्रस्ततु गर्न दिन सकारात्मक भएको छ।  

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  ११:३९
Weather Update