News Griha :: न्यूजगृह
नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट पारित

काठमाडौं— सरकारले संसदमा पेस गर्ने नीति तथा कार्यक्रम मन्त्रिपरिषद्को बैठकले पारित भएको छ। 

आज मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रपतिले संददमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट पारित भएको बताएकी हुन्। 

उनले भनिन्, ‘राष्ट्रपतिले संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने नीति कार्यक्रम मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ।’

यसको साथै उनले आजको बैठकले आर्थिक वर्षको अगावै १६ औँ पञ्चवर्षीय योजना परिमार्जनसहित पारित गर्ने निर्णय पनि गरेको जानकारी दिइन्। 

अपरान्ह ३ बजे बस्ने संसद्को संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ। 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १२:३२
Weather Update