जसपा नेपालको केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ।
आज बिहान ११ बजेदेखि बस्ने बैठकमा पार्टीको आगामी जेठ २८ गतेदेखि हुने महाधिवेशनको एजेण्डामाथि छलफल हुने छ।
ललितपुरस्थित ज्यापु प्रज्ञा भवनमा सोमबारदेखि जारी बैठकमा नेताहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी रहेको जसपा केन्द्रीय प्रचार विभागले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१ ०९:४५