News Griha :: न्यूजगृह
दलका प्रमुख सचेतकहरुसँग परामर्श गर्दै सभामुख

काठमाडौं— संघीय संसद्का दुवै सदनको संयुक्त बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूको बैठक बोलाएका छन्।

सभामुख घिमिरेले दिउँसो साढे १२ बजे प्रमुख सचेतकहरूसँग परामर्श गर्न लागेका हुन्। 

दिउँसो ३ बजे संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ।

यसअघि संसद्को कार्यव्यवस्था समिति बसेर संयुक्त बैठकको तयारी र कार्यसूची तय गर्नुपर्ने हुन्छ। 

सभामुखले यिनै विषयमा परामर्श गर्न प्रमुख सचेतकहरुसँग बस्न लागेका हुन् ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  ०८:४०
Weather Update