News Griha :: न्यूजगृह
कार्यव्यवस्था तथा परामर्श समितिको बैठक सुरु 

काठमाडौं— कार्यव्यवस्था तथा परामर्श समितिको बैठक सुरु भएको छ। 

केहीबेरअघि नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा कार्यव्यवस्था परामर्श समिति बैठक बसेको हो। 

आज संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस हुँदैछ। सोही विषयमा छलफलका लागि सभामुखको अध्यक्षतामा बैठक बसेको हो। 

यसअघि सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए।

संसद्मा जारी अवरोध हटाउनका लागि सभामुखले छलफल गरेका हुन्। 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १४:००
Weather Update