कोशी प्रदेश सभा सदस्य निर्मला लिम्बू अशोक राई नेतृत्वको जसपामा

काठमाडौं— कोशी प्रदेश सभा सदस्य निर्मला लिम्बूले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) रोजेकी छिन्।
मंगलबार प्रदेश सभा सदस्य राईले प्रदेश निर्वाचन कार्यालयमा राई नेतृत्वको जसपामा आफ्नो नाम सनाखत गरेकी हुन्।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल फुटाउँदै अशोक राईले नयाँ दल जसपा गठन गरेसँगै निर्वाचन आयोगले २१ दिनभित्र सनाखत गर्न आग्रह गरेको थियो।
निर्वाचन आयोगले आगामी जेठ १३ गतेसम्म प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई सनाखत गर्न आग्रह गरेको थियो। उनले समयभित्रै सनाखत गरेकी हुन्।
लिम्बू गत निर्वाचनमा समानुपातिकबाट प्रदेश सभा सदस्य बनेकी थिइन्।
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१ १४:१४