News Griha :: न्यूजगृह
नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत हुन दिन कांग्रेस सकारात्मक 
फाइल तस्बिर

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको छ।

सिंहदरबारमा जारी संसदीय दलको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने विषयमा सहमति भएको हो। 

अपरान्ह ३ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम पारित गर्न दिए पनि त्यसपछिका छलफलमा भने अवरोध गर्ने कांग्रेसको तयारी रहेको छ। 

यसअघि निरन्तर कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै संसदीय छानबिन समिति बनाउन माग गरिरहेको छ। 

आजको नीति तथा कार्यक्रममा समेत कांग्रेसले अवरोध गर्ने संकेतपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै बिहान कांग्रेस नेताहरुसँग छलफल गरेका थिए। भने सभामुख देवराज घिमिरेले कांग्रेस नेताहरुसँग निरन्तर संवाद गर्दै आइरहेका छन्।  

तर कांग्रेसले संसदीय छानबिन समिति नभएसम्म आफूहरु पछि नहट्ने अडान कायम राख्दै आइरहेको छ। 

आज संसद्को दुवै सदनको बैठकमा राष्ट्रपति पौडेलले आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्। 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १०:४८
Weather Update