नीति तथा कार्यक्रम पारित गर्न सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं— प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ।
आज संसद्मा प्रस्तुत हुने नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद् बैठक बसेको हो।
आज अपरान्ह ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनको बैठकमा पेस गर्दैछन्।
नीति तथा कार्यक्रमलाई व्यवस्थित बनाउन संसद् भवनमा तयारी तीव्र पारिएको छ।
यसअघि विभिन्न माग राखेर संसद्मा निरन्तर अवरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल कांग्रेसले आज नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत हुन दिन सकारात्मक देखिएको छ।
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१ १०:५८