News Griha :: न्यूजगृह
सरकारलाई दिएको समर्थन फिर्ता लिँदै राजीनामा दिने उपेन्द्र यादवको तयारी 

काठमाडौं— जनता समाजवादी पार्टी नेपालले प्रचण्ड सरकारमाथिको समर्थन फिर्ता लिने तयारी गरेको छ। पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने विषयमा छलफल भएको छ।

सोमबार बस्ने केन्द्रीय कमिटी बैठकले यसबारे परिपक्व निर्णय गरी औपचारिकरूपमा सार्वजनिक गरिने जसपा नेपालले जनाएको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई राजीनामा गरेर बाटो खोलिदिन आइतबार सन्देश पठाएका थिए।

लगत्तै मधेसमा जसपा नेपाल नेतृत्वको सरकारबाट बाहिरिँदै गठबन्धन घटकको एमाले र माओवादीले समर्थन फिर्ता लिइसकेको छ।
एमाले र माओवादीको मधेस कदमले यादव दबाबमा परेका छन्।

प्रधानमन्त्रीबाट गलहत्याइनु भन्दा आफैँले सरकार छोड्नु उचित हुने यादवको बुझाइ छ। केन्द्रीय समिति बैठकलगत्तै यादवले राजीनामा दिने जसपा नेपाल स्रोतले बतायो।

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  ०७:०९
Weather Update