News Griha :: न्यूजगृह
जसपा नेपाल विभाजनविरुद्ध उपेन्द्रले दिए सर्वोच्चमा रिट, भोलि पेसी  

काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दल विभाजनविरुद्ध सर्वोच्चमा रिट दायर गरेका छन्। 

सोमबार दिउँसो सर्वोच्च पुगेर दल विभाजनविरुद्ध रिट दायर गरेका हुन्। 

केहीबेरअघि रिट दर्ता भएको र मंगलबार (भोलि) का लागि पेसी तोकिएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले न्यूजगृहलाई जानकारी दिए।

‘जसपा नेपालको दल विभाजनविरुद्ध रिट दर्ता भएको छ। भोलिका लागि पेसी तोकिएको छ,’ घिमिरेले भने। 

अशोक राईले जसपा नेपालबाट ७ सांसद र बहुमत केन्द्रीय सदस्यसहित पार्टी फुटाएका छन्। उनको दललाई निर्वाचन आयोगले समेत मान्यता दिएको अवस्थामा उपेन्द्रले रिट दायर गरेका हुन्। 

वर्तमान सरकारका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री रहेका यादवले आजै पदबाट राजीनामा दिँदै सरकारबाट बाहिरिएका छन्।  

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १५:२७
Weather Update