News Griha :: न्यूजगृह
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५७ मत 

काठमाडौं— कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन्। 

आज बसेको प्रदेश सभा बैठकमा संविधानको धारा १६८ को उपधारा ४ बमोजिम कार्कीले कार्कीले विश्वासको मत प्राप्त गरेका हुन्। 

९३ सदस्यीय प्रदेश सभाको आजको बैठकमा ६२ प्रदेश सभा सदस्य उपस्थित रहेका थिए। बहुमतका लागि ४७ मत आवश्यक रहे पनि उनको पक्षमा ५७ मत परेको थियो। भने विपक्षमा शून्य मत परेको सभामुखले जानकारी गराए। साथै हुन्छ वा हुन्न भन्ने पक्षमा ५ मत परेको छ। 

६ (सभामुख बाहेक) प्रदेश सभा सदस्यसहित प्रदेश सभामा सामेल रहेको राप्रपाले तटस्थ बस्ने निर्णय गरेको थियो। ६ जना सांसद रहे पनि एक जनाको अनुपस्थितीमा राप्रपा तटस्थ बसेको हो। 

आजको बैठकमा नेपाली कांग्रेस भने अनुपस्थित रहेको थियो।  

प्रदेश सभाको अर्को बैठक आगामी जेठ १३ गते आइतबार बस्नेछ।  

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १५:३८
Weather Update