News Griha :: न्यूजगृह
कोशीमा एकीकृत समाजवादीः मुख्यमन्त्रीलाई विश्वासको मत दिने, प्रतिपक्षमा बस्ने

काठमाडौं— कोशी प्रदेश सभामा नेकपा एकीकृत समाजावदीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत दिने भएको छ। 

आज बसेको प्रदेश सभा बैठकमा कोशी प्रदेश एकीकृत समाजवादीका प्रदेश सभा सदस्य कमलप्रसाद जबेगुले बताए। 

मुख्यमन्त्री कार्कीले विश्वासको मत मागिसकेपछि बोलेका जबेगुले आफूहरुले विश्वासको मत दिए पनि प्रतिपक्षमा बस्ने जानकारी गराए। 

‘हामी मुख्यमन्त्रीज्यूलाई विश्वासको मत दिन्छौँ तर प्रतिपक्षीमा बस्छाैँ,’ उनले भने।  

कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदैछन्। अहिले प्रदेश सभा बैठक जारी रहेको छ। प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने अनुपस्थित रहेको छ। 

कोशीमा बहुमतका लागि ४७ मत आवश्यक पर्दछ। मुख्यमन्त्री कार्कीलाई उनको दल नेकपा एमालेका ३९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका ४ प्रदेश सभा सदस्यको साथ रहेको छ। तर एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र राई काठमाडौं रहेका छन्।  

यता राप्रपा भने तटस्थ बस्ने भएको छ। राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले आफूहरु तटस्थ बस्ने बताए। 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १४:१६
Weather Update