News Griha :: न्यूजगृह
माधव नेपालको प्रतिवेदन- गठबन्धन बदलिन सक्छ

काठमाडौं—  नेकपा एकीकृत समाजवादीले वर्तमान गठबन्धन बदलिन सक्ने बताएको छ।

पार्टीको पोलिटब्युरो बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सत्ता गठबन्धनको भविष्य बदलिन पनि सक्ने उल्लेख गरेका हुन्।

उनले वर्तमान संसद्को संरचनाअनुसार निर्माण र सञ्चालनका लागि अहिलेको गठबन्धन बनाइएको र यो दीर्घकालीन नभएको उल्लेख गरेका छन्।

प्रतिवेदनमा उनले भनेका छन्, 'यो समीकरण वर्तमान संसद्को संरचना अनुसार सरकार निर्माण र सञ्चालनका निम्ति बनाइएको हो। यो दीर्घकालीन होइन तात्कालिक राजनीतिक सहकार्य मात्र हो। त्यसैले तात्कालिक राजनीतिक परिस्थिति बदलियो भने यस्तो तात्कालिक राजनीतिक समीकरण वा सहकार्य पनि बदलिन सक्छ ।’

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १८:३९
Weather Update