News Griha :: न्यूजगृह
नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद्को संयुक्त बैठक सुरु
फाइल तस्बिर

काठमाडौं— संघीय संसद्को दुवै सदनको संयुक्त बैठक सुरु भएको छ। 

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुतका लागि आजका लागि संघीय संसद्को दुवै सदनको संयुक्त बैठक बोलाइएको हो। 

आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। 

नीति तथा कार्यक्रम प्रस्तुत गर्न केहीबेरअघि राष्ट्रपति पौडेल संसद् भवन पुगेका थिए। 
 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १५:११
Weather Update