नीति तथा कार्यक्रमः राजनीति गर्ने शिक्षकहरुलाई थप कडाइ गरिने

काठमाडौं— सरकारले शिक्षकहरुले राजनीतिक दलको सदस्यता लिने प्रवृत्तिलाई थप कडाइ गर्ने भएको छ।
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै उल्लेख गरेर शिक्षकहरुलाई राजनीतिक गतिविधिबाट टाढा राख्न लागेको हो।
आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षकहरुले राजनीतिक दलको सदस्य लिने प्रवृत्तिलार्ई निर्मूल पार्ने नीतिलाई पूर्णरुपमा कार्यन्वयन गरिने बताए।
त्यस्तै आगामी आर्थिक वर्षदेखि यसअघि चौमासिक रुपमा दिइँदै आइएको शिक्षकको पारिश्रमिक मासिक रुपमा दिइने राष्ट्रपति पौडेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
त्यसैगरी शिक्षाको बृहत्तर विकासका लागि विभिन्न योजनाहरु सरकारले अघि सारेको छ।
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१ १६:४०