News Griha :: न्यूजगृह
सुदूरपश्चिम प्रदेश सभाको बैठकमा कांग्रेस र नाउपा रेशम पक्षको अवरोध, ३० मिनेटका लागि स्थगित 

काठमाडौं— सुदूरपश्चिम प्रदेश सभा बैठकमा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका प्रदेश सभा सदस्यहरुले अवरोध खडा गरेको छन्। 

आज मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बैठक बसेको थियो। तर कांग्रेस र नाउपा ५ प्रदेश सभा सदस्यले सुरुमै अवरोध खडा गरेको थियो। 

बैठकमा बोल्दै नाउपाका प्रदेश सभा सदस्य घनश्याम चौधरीले वर्तमान सरकारको गठन असंवैधानिक तरिकाले सरकार गठन गरिएको भन्दै बैठकमा अवरोध खडा गरेको हो।  

प्रदेश प्रमुख र सभामुखको व्यवहार अपमानजनका रहेको भन्दै दुई दलले अवरोध गरेको हो।  

नाउपाबाट वर्तमान सुदूरपश्चिम सरकारमा रञ्जिता पक्षका २ जना प्रदेश सभा सदस्य रहेका छन्। उनीहरु दुवैजना सरकारमा सामेल रहेका छन्। 

३० मिनेटका लागि बैठक स्थगित गरिएको छ। 
 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १०:५८
Weather Update