News Griha :: न्यूजगृह
संसद्मा कांग्रेसको अवरोध, होहल्लाबीच राष्ट्रपति कार्यालयको पत्र सुनाउँदै सभामुख  
फाइल तस्बिर

काठमाडौं— बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध खडा गरेको छ। 

आज अपरान्ह ४ बजे बैठक बस्ने भनिए पनि करिब २ घण्टा ढिला गरी बैठक सुरु भएको हो। 

कांग्रेसकै विरोधकाबीच सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरु बाचन गरेका छन्। 

कांंग्रेसले यसअघि निरन्तर उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै छानबिन समिति गठनको माग गर्दै निरन्तर अवरोध गर्दै आइरहेको छ। कांग्रेसले सहकारी ठगलाई कारबाही गर, सहकारी पीडितलाई न्याय दे लगायतको नारा लगाइरहेका छन्।  

आज दिनभर सहमतिको प्रयास भए पनि सहमति हुन नसकेपछि कांग्रेसले अवरोध कायम राखेको हो। 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १८:०६
Weather Update