News Griha :: न्यूजगृह
संसद्‌मा कांग्रेसले नारा– 'संसदीय मर्यादा कायम गर, सहकारी ठगलाई कारबाही गर'

काठमाडौं— प्रतिपक्षी दलले संसद् अवरुद्ध गरेको समयमा सभामुखले कार्यसूची अगाडि बढेपछि नेपाली कांग्रेसले संसदीय मर्यादाको नारा लगाएको छ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसले नाराबाजी सुरु गरेपछि सभामुख देवराज घिमिरेले कार्यसूची पढ्न थाले। 

त्यसपछि कांग्रेस सांसदले ‘संसदीय मर्यादा कायम गर, जबरजस्ती बन्द गर’ भन्दै नाराबाजी गरे। यस्तै ‘संसदीय छानबिन समिति गठन गर, सहकारी ठगलाई कारबाही गर’ जस्ता नारा लगाइएको थियो। 

samsad_baithak-1715865778.jpg
बिहीबारको बैठकमा सभामुख घिमिरेले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि संसद्मा झडपको स्थिति सिर्जना भएको थियो।

सहकारी ठगीमा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ। 

kp_oli_dhanraj_gurung-1715864422.jpg

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १९:०८
Weather Update