News Griha :: न्यूजगृह
कांग्रेसले असंसदीय व्यवहार गर्‍योः एमाले
फाइल

काठमाडौं— नेकपा एमालेले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद्मा असंसदीय व्यवहार गरेको आरोप लगाएको छ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले संसदीय अराजकता मच्याएको आरोप लगाउदै संसद्मा मुठभेडको थलो नबनाउन आग्रह गरे।

उनले कांग्रेसले संसद्मा आफ्नो कुरा लादिरहने र अरुको कुरा नसुन्ने बाटोमा हिँडिरहेको आरोप लगाए ।

बर्तौलाले कांग्रेसले संसद् अवरोध गरिरहे बैठक अगाडि बढ्ने दाबी गर्दै संसद्लाई बन्धक बनाउन नमिल्ने बताए। 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १८:५९
Weather Update