News Griha :: न्यूजगृह
गृहमन्त्री रविले गरे सहकारी ठगी प्रकरणमा आफू निर्दोष रहेको दाबी

काठमाडौं— उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कहीँ कतै संलग्नता नभएको दाबी गरेका छन्।

आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले कुनै पनि सहकारीको ठगीमा आफ्नो संलग्नता र प्रतिवादी नबनाइएको दाबी गरेका हुन्। 

दुई महिनापछि संसद्मा बोल्न पाएका लामिछानेले भने,  ‘सहकारी ठगीमा मेरो संलग्नता छैन। मलाई कहीँ कतै अभियोग लगाइएको छैन। विगत १५ वर्षदेखि मैले भ्रष्टाचारका फेहरिस्त हेरेको छु । 

‘खसी, बोका, कुखुरा र हाँस बेच्ने नाम राज्य कोष दुरुपयोग गर्नेलाई पनि कारबाही गरौँ। राहदानी दुरुपयोग गरेर जापान पठाउनेहरूलाई पनि कारबाही गरौँ,’ उनले भने।

उनले भावुक भनाइहरू राख्दै आफू सधैँ तारो बनिरहेको बताए।   

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १८:५४
Weather Update