राष्ट्रियसभाको बैठक पनि सर्यो
काठमाडौं— आइतबार दिउँसो १ बजेर १५ मिनेटका लागि तय गरिएको राष्ट्रियसभाको बैठक दुई घण्टाका लागि सारिएको छ।
संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले दिउँसो ३ बजेर १५ मिनेटमा बस्नेगरी बैठक तय भएको जानकारी दिए।
सहकारीको रकम अपचलनका सम्बन्धी संसदीय छानबिन समिति गठनका लागि कार्यादेश टुङ्गो लगाउन अहिले सत्तापक्ष दल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच छलफल चलिरहेको छ।
कार्यादेश टुङ्गो लाग्न नसकेपछि बैठक सारिएको हो। यसअघि प्रतिनिधिसभाको बैठक पनि दिउँसो दुई बजे बस्ने गरी सारिए पनि अझैसम्म बैठक सुरु हुन सकेको छैन।
प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१ १४:१३