News Griha :: न्यूजगृह
भोलिसम्मका लागि सारियो राष्ट्रिय सभा बैठक 
फाइल तस्बिर

काठमाडौं— राष्ट्रिय सभा बैठक सोमबारसम्मका लागि सारिएको छ। 

आज दिउँसो १ः१५ का लागि बैठक बोलाइएकोमा दिउँसो ३ः१५ बजेसम्मका लागि २ घण्टा बैठक सारिएको थियो। तर अन्तिममा सोमबार दिउँसो १ः१५ सम्मका लागि बैठक सारिएको हो। 

सहकारी ठगी प्रकरणको विषयले प्रतिनिधि सभा जस्तै राष्ट्रिय सभाको बैठक पछि प्रभावित बन्दै आइरहेको थियो। उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर संसद्का दुवै सदनमा अवरोध गर्दै आइरहेको छ।

शनिबार छानबिन समिति बनाउने सहमति भएसँगै क्षेत्राधिकार तयार गर्न कार्यदल बनाइएको छ। कार्यदलको बैठक अहिले पनि जारी रहेको छ। तर कार्यदलले संसदीय छानबिन समितिको कार्याक्षेत्र कस्तो बनाउने भन्ने विषयमा निर्णय गर्न नसक्दा बैठक सारिएको हो। 

उता प्रतिनिधि सभा बैठक पनि बिहान ११ बजेका लागि बोलाइएकोमा दिउँसो २ बजेसम्मका लागि सारिएको थियो। तर बैठक अझैसम्म बस्न सकेको छैन।  

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १५:५९
Weather Update