
काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बसेको छ।
केहीबेरअघि नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक जारी रहेको छ।
जारी बैठकमा सहकारी ठगी प्रकरणका विषयमा छलफल भइरहेको छ। आइतबार बसेको संसद् बैठकमा उपप्रधान एवं गृहमन्त्रीको सम्बोधनको विषयमा पनि समीक्षा हुनेछ।
यसअघि निरन्तर कांग्रेसले गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै संसदीय छानबिन समिति माग गर्दै संसद् अवरोध गर्दै आइरहेको थियो। साथै गृहमन्त्री लामिछानेलाई रोष्टममा जान रोकिरहेकोमा आइतबार गृहमन्त्रीको सम्बोधनलाई सुनेको थियो। तर लामिछानेले सहकारी ठगी प्रकरणमा आफू नमुछिएको, बरु कांग्रेसले समाचारका भरमा आरोप लगाएको भन्दै कांग्रेस महामन्त्री गगन थापा लगायतका नेताहरु विभिन्न काण्डमा मुछिएको र त्यसको समेत छानबिन समिति बनाउन माग गरेका थिए। आजको बैठकमा सो विषयमा समीक्षा हुनेछ।
आज प्रधानमन्त्रीले विश्वासको मत लिँदैछन्। तर संसदीय छानबिन समिति नभइ नमान्ने अडानमा रहेको कांग्रेसले अवरोध गर्ने देखिन्छ। त्यसो त लामिछानेको अभिव्यक्तिपछि छानबिन समितिको कार्यादेश तयार गर्न बनेको कार्यदलको बैठक समेत अनिश्चित बनेको छ।