चौथोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री, कांग्रेसको अवरोधले अन्योल

काठमाडौं— संघीय संसद् अन्तरगत प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ। जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।
तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद् अवरोध गर्न सक्ने भएकाले अन्योल देखिएको छ ।
सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।
पछिल्लो पटक फागुन २१ गते सत्ता समीकरण बदलिएपछि प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते तेस्रोपटक विश्वासको मत लिएका थिए।
प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१ ०६:४९