News Griha :: न्यूजगृह
गृहमन्त्री बोलेपछि प्रतिनिधिसभा बैठक स्थगित, सोमबार बस्ने

काठमाडौं— उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बोलेलगत्तै प्रतिनिधि सभाको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ। सभामुख देवराज घिमिरेले आइतबारको सबै कार्यसूची हटाएको जानकारी दिए।

प्रतिनिधिसभा बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको सभामुख घिमिरेले जानकारी दिए। प्रतिनिधिसभाको आइतबारको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएर बैठक स्थगित भएको हो। 

यसअघि रविलाई संससमा बोल्नबाट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गर्दै आएको थियो। कांग्रेसले रविलाई आफ्ना कुरा राख्ने दिने निर्णय गरेसँगै आइतबारको बैठक चलेको थियो। 

सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ।

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १९:२६
Weather Update